पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

इलाम २ मा राप्रपाको लक्ष्मी गुरुङ उमेद्वार चयन

२०८० चैत्र १५, बिहीवार १३:५९ बजे

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम–२ मा प्रतिनिधि सभा सदस्यको उम्मेद्वार चयन गरेको छ ।
राप्रपाले इलाम–२ मा बैशाख १५ मा हुने उपनिर्वाचनमा लक्ष्मी गुरुङलाई उमेद्वार बनाउने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् । पार्टीको विहिबार बसेको संसदीय समितिको बैठकले गुरुङलाई उमेद्वार बनाउने निर्णय गरेको हो ।
इलाम २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उक्त क्षेत्रमा बैशाख १५ गते उपनिर्वाचन हुदै छ ।