काठमाण्डौं–साफ यु–१९ फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ ।
बुधबार काठमाडौंको दशरथ रंगशालामा भएको भारतविरूद्धको सेमिफाइनलमा नेपाल पराजित भएको हो ।
पहिलो हाफमा २६औं मिनेटमा भारतका साहिल खुर्शिदले गोल गरेका थिए । दोस्रो हाफमा ७४औं मिनेटमा नेपालका समिर तामाङले गोल फर्काएका थिए ।
अतिरिक्त समयमा पनि बराबरीमा खेल सकिएपछि फाइनलमा जाने टोली निर्धारण गर्न पेनाल्टी शुटआउट गरिएको थियो । जसबाट भारतीय टोली फाइनलमा प्रवेश गरेको हो ।
भारतले तीन गोल हानेको थियो । दुई बल नेपाली किपरले छेके । यस्तै नेपालले दुई गोल गर्दा भारतीय किपरले तीन बल छेकेका थिए ।
अब भारतले फाइनलमा पाकिस्तानसँग भिड्नेछ । पाकिस्तानले बुधबार नै भएको खेलमा भुटानलाई पराजित गरेको थियो । पाकिस्तानले पनि भुटानलाई पेनाल्टी शुटआउटमै पराजित गरेको थियो । पाकिस्तानले ६ गोल र भुटानले ५ गोल हानेको थियो ।