पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

यू–१९ एसियाकपमा नेपाल अफगानिस्तानसँग पराजित

२०८० मंसिर २४, आइतवार १९:३९ बजे

काठमाडौं : यू–१९ एसियाकपमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ ।
नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ९१ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । अर्जुनले १०८ बल खेल्दा १३ चौकाको मद्दतमा ९१ रन बनाए पनि लगातार विकेट जाँदा नेपाल ४०.१ ओभरमा अलआउट भयो ।
कुमालले नेपालका सबै ब्याट्सम्यानसँग साझेदारी गरे । तर कसैले पनि बलियो साथ दिन सकेनन् ।
२६२ रनको लक्ष्य पछ्याएको नेपालका लागि कप्तान देव खनालले २४, गुल्सन झाले १७, दीपक बोहराले १५ र दिपेश कँडेलले ११ रन जोडे ।
टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानका लगि अस्मिद जर्दानले शतकीय पारी खेलेका थिए । विकेट किपर नुमान शाह आगाले विस्फोटक ६० रन जोडेका थिए ।
नेपालका हेमन्त धामी, गुल्सन झा र सुवास भण्डरीले दुई/दुई विकेट लिएका थिए भने आकाश चन्द र दिपेश कँडेलले एक/एक विकेट लिएका थिए । एसियाकपमा नेपालको यो दोस्रो हार हो । यसअघि शुक्रबार पाकिस्तानसँग नेपाल पराजित भएको थियो ।