पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

रसियाको भ्रमण सकेर फर्किदा नेता किम जोङले पाए पाँच विस्फोटक ड्राेन उपहार

२०८० भाद्र ३१, आइतवार २१:५७ बजे

रसिया–उत्तर कोरियाली नेता किम जोङ उनले रुस भ्रमणका क्रममा क्षेत्रीय गभर्नरबाट पाँचवटा विस्फोटक ड्रोन, एउटा टोही ड्रोन र एउटा बुलेटप्रुफ भेस्ट उपहार स्वरुप पाएका छन् ।

शनिबार उनले रुसी रक्षामन्त्रीलाई भ्लादिभोस्टोकमा भेटे, जहाँ उनले हाइपरसोनिक मिसाइल प्रणालीलगायत अत्याधुनिक हतियारहरूको निरीक्षण गरे। रसियाको सरकारी मिडियाको रिपोर्टमा भनिएको छ कि चीन र उत्तर कोरियाको सिमानामा रहेको प्रिमोरी क्षेत्रका गभर्नरले किम जोङ अनलाई “बुलेटप्रुफ सुरक्षाको सेट“ र “थर्मल क्यामेराले पत्ता लगाउन नसकिने विशेष कपडाहरू“ पनि प्रस्ताव गरेका थिए।

रसियाको सरकारी मिडियाका अनुसार आइतवार, किमले भ्लादिभोस्तोकको बन्दरगाहको उत्तरमा रहेको आर्टिओम शहरमा आफ्नो सशस्त्र रेलमा चढेर रसियाको सुदूर पूर्वको भ्रमण समाप्त गरे र लामो यात्रा तय गर्दै घरको लागि प्रस्थान गरे । किमले उत्तर कोरिया प्रस्थान गर्नु अघि भ्लादिमिर पुटिनलाई उत्तर कोरिया भ्रमण गर्न दिईएको निम्तो पुटिनद्वारा स्विकार गरिएको उक्त रिपोर्टमा बताईएको छ । किमलाई उत्तर कोरिया र रुस दुवैको राष्ट्रिय गानका साथ बिदाइ गरिएको छ ।