पाठशाला न्यूज
 २०८२ मंसिर १, आइतवार    

बङ्गलादेशमा डेङ्गुका बिरामी ५० हजार नजिक, दुई सय ४७ काे मृत्यु

२०८१ कार्तिक ६, मङ्गलवार ०७:११ बजे

एजेन्सी- बङ्गलादेशमा अक्टोबरमा ८४ डेङ्गुसम्बन्धी मृत्यु रेकर्ड गरिएको छ। यो यस वर्ष डेङ्गुका कारण सबैभन्दा बढी मासिक मृत्युको सङ्ख्या हो ।

स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले स्थानीय समय अनुसार आइतबार बिहान ८ बजेसम्म पछिल्लो २४ घण्टामा एक हजार दुई सय ९८ नयाँ डेङ्गुका बिरामी पुष्टि भएका घटनाहरू रिपोर्ट गरेको छ । यो सङ्ख्यासँगै यस महिनाको कूल सङ्ख्या १८ हजार नौ सय ४२ पुगेको छ ।

डिजिएचएसले आइतबार थप छ जनाको मृत्युको पुष्टि गरेको छ । यस वर्ष बङ्गलादेशमा डेङ्गुका कारण मृत्यु हुनेको कूल सङ्ख्या दुई सय ४७ पुगेको छ ।

डेङ्गुको थप फैलावट रोक्न बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन नियन्त्रण गर्न र एन्टी–लार्भाल अपरेशनहरू सञ्चालन गर्ने उपायहरूलाई बलियो बनाएका छन् । बङ्गलादेशमा सन् २०२३ मा डेङ्गुका कारण एक हजार सात सय तीन जनाको मृत्यु भएको थियो । जुन सबैभन्दा बढी वार्षिक मृत्युको सङ्ख्या हो । त्यसको तुलनामा सन् २०२२ मा दुई सय ८१ र सन् २०१९ मा एक सय ७९ जनको डेङ्गुका कारण मृत्यु भएको रिपोर्ट गरिएको थियो ।