पाठशाला न्यूज
 २०८२ पौष १, मङ्गलवार    

इजरायलको तेलअभिभमा ड्रोन आक्रमण, एकको मृत्यु १० जना घाइते

२०८१ श्रावण ४, शुक्रवार १२:१५ बजे

तेलअभिभ- इजरायलको तेल अभिभमा भएको ड्रोन आक्रमणमा परि एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा १० जना घाइते भएका छन्। 

शुक्रवार बिहान भएको भएको उक्त आक्रमणको जिम्मेवारी यमनको हुथी लडाकुहरुले लिएका छन्। 

हुथी सशस्त्र बलका प्रवक्ताले शुक्रवार सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै यमनमा रहेको समूहले "अधिग्रहित प्यालेस्टाइनमा रहेको 'तेल अभिभ' लाई लक्षित गरेको" बताए।

यस लगत्तै इजरायली सेनाले शहरमा अमेरिकी दुतावा नजिकै भएको ठूलो विस्फोट लगायत "हवाई लक्ष्य" लाई रोक्नको लागि देशको वायु रक्षा प्रणाली किन सक्रिय भएन भन्ने बिषयमा अनुसन्धान सुरु गरेको बताए । 

हाल इजरायलको वायुसेनाले "देशको आकाशको सुरक्षा" गर्न गस्ती बढाएको छ, सेनाले सोशल मिडियाको पोस्टमा यस बिषय उद्घृत गरेको एसोसिएटेड प्रेस समाचार एजेन्सीले जनाएको छ।

इजरायली प्रहरीले विस्फोटन नजिकैको अपार्टमेन्टमा एक व्यक्तिको शव भेटिएको र परिस्थितिबारे अनुसन्धान भइरहेको बताएको छ।

विष्फोट भएको ठाउँको फुटेजले शहरको फुटपाथमा टुटेको सिसाका टुक्राहरू देखाएको छ । मानिसहरूको भीड विस्फोटको चिन्ह बोकेको भवन नजिक जम्मा भएको थियो। घटनास्थललाई प्रहरीले घेराबन्दी गरेको छ ।

दक्षिणी लेबनानमा हिजबुल्लाहले पनि उत्तरी इजरायलमा सैन्य लक्ष्यहरू विरुद्ध आक्रमणहरू बढाएको छ। उनीहरूले गाजामा इजरायलको युद्धको बीचमा प्यालेस्टिनीहरूसँग ऐक्यबद्धतामा पनि काम गरिरहेका छन्, जसले लगभग ३९ हजार मानिसहरूलाई मारेको छ।