काठमाडौं- मुम्बईको बान्द्रा प्रहरीले सैफ अली खानको घरमा प्रवेश गरी आक्रमण गरेको आरोपमा शुक्रवार एक जना संदिग्धलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार आक्रमणपछि संदिग्ध व्यक्ति बान्द्रा रेलवे स्टेशन नजिकैको सीसीटीभीमा देखिएको थियो ।
उनलाई त्यही क्षेत्रबाट पक्राउ गरिएको हो । संदिग्ध व्यक्ति १५ जनवरी बिहान २.३० बजे सैफको घरको छैठौं तलाबाट तल झरेको देखियो ।
यस आक्रमणमा अभिनेताको घाँटी, ढाड, हात र टाउकोसहित ६ स्थानमा छुरा प्रहार गरिएको थियो ।
लिलावती अस्पतालका सीओओ डा. नीरज उत्तमानीले सैफको मेरुदण्डमा चक्कुको टुक्रा अड्किएको र तरल पदार्थ पनि निस्किरहेको बताए ।
यो घटना सैफ–करीनाका छोराहरू तैमुर र जेहको कोठामा भएको हो । कोठामा उनको हाउसकीपर एरियामा घरेलु कामदार महिला फिलिप उर्फ लिमा उपस्थित थिइन्, जसलाई अज्ञात व्यक्तिले समातेका थिए ।
उनको चिच्याएको आवाज सुनेर सैफ बालबालिकाको कोठामा पुगेका थिए । सैफलाई देख्नेबित्तिकै अज्ञात व्यक्तिले उनीमाथि आक्रमण गर्न थाले। सो क्रममा घाइते भएकी घरेलु कामदार महिलालाई पनि लिलावती अस्पताल लगिएको छ ।
प्रहरीले हाल पक्राउ गरेको संदिग्धसँग सोधपुछ गरिरहेको छ ।