पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

पैसा थुप्रिएपछि बैंकहरूले १५ अर्ब राष्ट्र बैंकमा जम्मा गरे

२०८० मंसिर १५, शुक्रवार १०:५७ बजे

काठमाडौं : बैंक तथा वित्तीय संस्थाले १.०४९८ प्रतिशत ब्याजदरमा १५ अर्ब रुपैयाँ सात दिनका लागि राष्ट्र बैंकमा जम्मा गरेका छन् । बैंकहरूमा पैसा थुप्रिएपछि नेपाल राष्ट्र बैंकले जारी गरेको निक्षेप संकलन प्रक्रियामा भाग लिएर उक्त दरमा निक्षेप राखेका हुन् ।
निक्षेप संकलन प्रक्रियामा ५१ वटा बैंक तथा वित्तीय संस्थाले ४० अर्ब १० करोड रुपैयाँ राख्न बोलकबोलमा भाग लिएका थिए । यी बैंकहरूले न्यूनतम ०.९९ देखि अधिकतम १.१६ प्रतिशतमा निक्षेप राख्ने बोलकबोल गरेका थिए । तर, यी दुई विन्दुको कटअफ मूल्य निकालेर राष्ट्र बैंकले ब्याजदर तोकेको हो ।
राष्ट्र बैंकले ब्याजदर करिडरको तल्लो सीमामा निक्षेप संकलन ४.५ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ ।
अहिले बैंकहरूले एक आपसमा लिने सापटीको अन्तरबैंक ब्याजदर १.८९ प्रतिशतमा झरेको छ ।