पाठशाला न्यूज
 २०७९ आश्विन १७, सोमबार    

कविताःस्वतन्त्रको जित

२०७९ भाद्र २१, मंगलबार ०९:५६ बजे

सुशील बस्याल

सपना देखेर बिर्सिदै गएका पनि दोहोरिए
नया सपना पनि भित्रभित्रै गुम्सिए
अब नया सपना साँच्चिकै नया हुनुपर्छ
यसपालीको चुनाव स्वतन्त्रले जित्नुपर्छ ।

देशको माटो उक्काउदा नबोल्नेहरु
अब बोल्नै नपर्ने गरी बाहिरिनुपर्छ
काम गर्न सक्ने ब्यक्ति भित्र आउनुपर्छ
यसपालीको चुनाव स्वतन्त्रले जित्नुपर्छ ।

मेरो देश आजसम्म भोकभोकै बसेको छ
कमिसनले कहिल्यै अघाउन सकेको छैन
मेरो देशलाई अब सबै मिली चम्काउनुपर्छ
यसपालीको चुनाव स्वतन्त्रले जित्नुपर्छ ।

देश बनाउनेलाई हामीले सम्मान गर्नुपर्छ
अब भने सबै मिली देशको मुहार फेर्नुपर्छ
दलको हैन जनताको कुरा सुन्नुपर्छ
यसपालीको चुनाव स्वतन्त्रले जित्नुपर्छ ।

खुशी को हुन्छ बेरोजगारीको छाता ओढेर
रोजगार खोज्दै जीवन भर भौंतारिएर
स्वतन्त्रले देश चल्दैन भन्नेहरुले बुझ्नुपर्छ
यसपालीको चुनाव स्वतन्त्रले जित्नुपर्छ ।

रगतसंग पैसा साट्न मरुभूमि छिरेर
कति बस्ने अर्काको देशमा दुःख झेलेर
अब नयाँ नेतृत्व मेरो देशले पाउनुपर्छ
यसपालीको चुनाव स्वतन्त्रले जित्नुपर्छ ।

बगनासकाली–८, पाल्पा