पाठशाला न्यूज
 २०८२ पौष ३, बिहीवार    

धनुषाधाम-१ मा माओवादी केन्द्रका सुनिल कुमार विजयी

२०८१ मंसिर १७, सोमवार ०८:१५ बजे

धनुषा- धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सुनिल कापर केवट निर्वाचित भएका छन् ।

आइतबार भएको उपनिर्वाचनमा केवट ६ सय ८४ मतका साथ वडाध्यक्षमा विजयी भएका निर्वाचन कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार नेपाली कांग्रेसका अशोककुमार मण्डलले ६ सय २ मत प्राप्त गरे । यस्तै, जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले चार सय ९९, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमोद यादवले तीन सय ६५ मत ल्याए ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदेव सिंह दनुवारले २७ र जनमत पार्टीका कुशेश्वर मण्डलले २५, राष्ट्रिय स्वतन्त्र पार्टीका राम नरेश दासले १० मत प्राप्त गरे ।