पाठशाला न्यूज
 २०८१ वैशाख ३१, सोमवार    

लोसपाको केन्द्रिय समिति बैठक आज पनि

२०८० चैत्र ७, बुधवार ०७:०८ बजे

काठमाडौं : लोकतान्त्रिक समाज पार्टी नेपालको केन्द्रिय समितिको बैठक आज पनि जारी रहने छ ।
महोत्तरीको बर्दिवासमा हिजो मंगलवार देखी सुरू भएको बैठक आज पनि जारी रहने भएको हो । राजेन्द्र महतोले पार्टी परित्याग गरेर हिडे पछि भिन्न स्थितिका बारेमा छलफल गर्नका लागि समेत लोसपाले केन्द्रिय समिति बैठक बोलाएको हो ।
बैठकमा जितेन्द्र सोनल, सर्वेन्द्रनाथ शुक्ला र रामप्रकाश चौधरीले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गरेर निष्कर्ष निकालिने जनाइएको छ । नेताहरूले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गर्न १० वटा समुह निर्माण गरिएको र उनीहरुले रायसहितको निष्कर्ष दिए पछि प्रारम्भिक चरणको बैठक समापन गरिने प्रवक्ता आभाष लाभले जानकारी दिए । बैठकमा ६४ जना पदाधिकारीसहित केन्द्रिय समितिका ३११ सदस्य उपस्थित रहेका छन ।