पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

गैरिगाउँ हत्या प्रकरणः संलग्न व्यक्ति भण्डारी सार्वजनिक

२०८० भाद्र ३१, आइतवार २३:०३ बजे

काठमाडौं–तीनकुनेको गैरीगाउँमा चार जनाको विभत्स हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । उक्त घटनामा संलग्न सिन्धुपाल्चोक घर भएका सञ्जय भण्डारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
नवीन राईसँगको पुरानो दुस्मनीका कारण बदला लिन उनले उक्त घटना घटाएको र पोल खुल्ने डरले अन्य तीन जनाको पनि हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । उनलाई प्रहरीले सिसिटिभी फुटेजको सहयोगमा पक्राउ गरेको हो ।
शुक्रबार राति गैरीगाउँस्थित दिव्य सःमिलमा मोरङ घर भएका १९ वर्षीय नवीन राईसहित दोलखा घर भई काष्ठ मिलमा गार्ड काम गर्ने कुमार भुजेल, उनकी पत्नी अम्बिका र आमा करिब ७० वर्षीय सुमित्राको हत्या भएको थियो । हत्यामा संलग्न भण्डारी बोल्न सक्दैनन् । उनले हत्या स्वीकार गरेको प्रहरीले बताएको छ ।

प्रहरीले भण्डारी र मोरङ बेलबारीका नवीन राईबीचका रिसइबीका कारण यो घटना भएको र बाँकी अध्ययन गर्दै जाने बताएको छ।
पत्रकार सम्मेलनमा प्रहरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले स्थायी घर सिन्धुपाल्चोक भएका भण्डारी काठमाण्डौको काँडाघारीमा रहेको वीरेन्द्र चोकमा बस्दै आएका बताए।

भण्डारीलाई घटनाको क्रममा लगाएको कपडासहित पक्राउ गरिएको राठौरले बताए।