पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

एक वर्षमै १०० जना पुरुषसँग डेटिङ

२०८० श्रावण २२, सोमवार ११:२३ बजे

एजेन्सी–कुनै पनि बाउआमालाई आफ्ना छोराछोरी किशोरावस्थामा लागेसँगै गलत सँगतमा पो लाग्छन् कि भन्ने चिन्ता हुन्छ ।
हामीकहाँ अभिभावकहरु छोरीहरुप्रति अतिरिक्त रुपमा सचेत हुन्छन् । आफ्नी अविवाहित छोरी कोही केटासँग डेटिंगमा जाने कुरा अभिभावकहरुले सहजै स्वीकार गर्न सक्दैनन् ।
पढ्ने लेख्ने र करिअर बनाउने उमेरमा प्रेम तथा डेटिंगको चक्करमा नपर्नका लागि सुझाव दिन्छन् अभिभावकहरु आफ्ना सन्तानलाई । तर, अमेरिकामा एकजना यस्ती आमा फेला परेकी छिन् जसले आफ्नी छोरीलाई एकदुईजना मात्र होइन १०० जना केटासँग डेटिंग गर्न अनुमति दिइन् । आमाको अनुमति अनुसार नै ती युवतीले सयजना युवकसँग डेटिंग गरिसकेकी छिन् ।
आमाकै अनुमतिले १०० जना पुरुषसँग डेटिंग गर्ने ती युवतीको खुलासा उनकै बहिनीले गरिदिएकी छिन् । आफ्नी दिदीले विवाह हुनअघि एक वर्षको अवधिभित्रै १०० जना पुरुषसँग डेटिंग गरेको उनले बताएकी छिन् ।
छोरीलाई १०० जना मर्दसँग डेटिंग गर्न प्रेरित गर्दै युवतीकी आमाले ५०० डलर बराबरको रकम दिएकी थिइन् । साथै उनले १०० जना केटासँग डेटिंग पूरा गरेपछि आफूलाई बताउन र त्यसपछि घर फर्किन छोरीलाई अह्राइन् ।
एक वर्षभित्रमा १०० जना पुरुषसँग डेटिंग गरेकी ती युवतीकी बहिनी एलिस क्यारोलिनले यो कुराको खुलासा गर्दै टिकटकमा एक भिडियो पोस्ट गरेकी छिन् । एलिस चर्चित टिकटकर हुन् र उनको टिकटकमा लाखौं फलोअर्स छन् ।
उक्त भिडियोमा सयजना मर्दसँग डेट पूरा गरेको उपलक्ष्यमा ती युवतीले आफ्नी बहिनी एलिसलगायतसँग केक काटेर सेलिब्रेट गरिरहेको देखिन्छ ।

साथै एलिसले आफ्नी दिदीले डेट गरेका पुरुषहरुको नामको सूची पनि सार्वजनिक गरेकी छिन् । सो भिडियो निकै भाइरल बनिरहेको छ ।
समाचार अनुसार बिहेपछि छोरीको मनमा पुरुषप्रतिको कुनै डर बाँकी नरहोस् भनेर आमा चाहिँले ती युवतीलाई १०० जना पुरुषसँग डेट गर्ने अनुमति दिएकी थिइन् ।