पाठशाला न्यूज
 २०८१ बैशाख ७, शुक्रबार    

फिल्म दुई नम्बरीको गीतमा सौगात र उपासनाको प्रेमकथा

२०७९ भाद्र १८, शनिबार १२:३५ बजे

काठमाण्डौ–अगामी २१ असोजबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म दुई नम्बरीको पहिलो गीत झलल आयो तिम्रो याद सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा तयार गीतमा मेलिना राई र जयन जे. वाइवाको स्वर छ भने गायक वाइवाकै शब्द तथा संगीत छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा अभिनेता सौगात मल्ल र अभिनेत्री उपासनासिंह ठकुरी बीचको प्रेमकथा देख्न सकिन्छ ।
भिडियोमा सौगात र दयाहाङ राईबीचको मित्रतालाई पनि देखाइएको छ । सौगातले उपासनासंग विताएका प्रेमिल क्षणका दृश्यहरु भिडियोमा बढी समावेश छन् । गीतमा सौगात र उपासनाको केमेस्ट्री सुहाएको देखिन्छ । रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको फिल्ममा दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानी छ भने किरण नेपाली प्रस्तुतकर्ता हुन् । किरणले यसअघि फिल्म पोइ पर्यो काले को निर्माण गरेका थिए ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको दृश्य सम्पादन र जयन जे वाइवाको संगीत छ । यो फिल्मबाट भुटानकी चर्चित अभिनेत्री उगेन छोदेनले नेपाली फिल्ममा डेब्यू गर्दैछिन् ।