पाठशाला न्यूज
 २०८१ आश्विन ३, बिहीवार    

नासाले अन्तरिक्षमा फसेका सुनिता विलियम्स र विल्मोरलाई स्पेसएक्सबाट अर्को वर्ष फिर्ता ल्याउने

२०८१ भाद्र ९, आइतवार ११:५६ बजे

एजेन्सी- विगत दुई महिनादेखि अन्तरिक्षमा फसेका नासाका अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी बुच विल्मोरलाई स्पेसएक्सबाट अर्को वर्षको फेब्रुअरीमा पृथ्वीमा ल्याइने भएको छ ।

नासाले भने अनुसार बोइङ स्टारलाइनर अन्तरिक्ष यान जसमा दुई यात्रुहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) गएका थिए अब "कुनै चालक दल बिना" फर्कनेछ।

यी दुई अन्तरिक्ष यात्री गत जुन ५ मा अन्तरिक्ष स्टेशनमा गएका थिए र योजना अनुसार यो आठ दिनको मिसन हुने थियो तर अब उनीहरुले आठ महिना अन्तरिक्ष कक्षमा बिताउनु पर्ने‌भएको छ ।

यसअघि जब स्टारलाइनर अन्तरिक्ष यान आईएसएसको नजिक पुग्यो, यसमा समस्याहरू देखा पर्यो र अन्तरिक्ष यानलाई दिशा प्रदान गर्ने यसका पाँचवटा थ्रस्टरहरू बन्द भए।

जसमा हिलियम ग्यास पनि सकिएको छ। जसका कारण यान सञ्चालन गर्न अब इन्धनमा भर पर्नुपर्ने भएको छ।