पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

नेपालको बहराइनमाथि सानदार जित

२०८० भाद्र १५, शुक्रवार १५:२७ बजे

काठमाडौं – मलेसियामा जारी आइसीसी महिला टी–२० विश्वकपको एसिया छनोटमा नेपालले बहराइनमाथि सानदार जित हाँसिल गरेको छ ।
बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब ५ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको हो ।
बहराइनसँगको खेलमा नेपाललाई जिताउन कविता कुँवरले नट आउट १७ रन अर्की ओपनर सीता राना मगरले ३ बलमा २ रन बनाइन् महिला क्रिकेटको इतिहासमा नेपालले हात पारेको यो दोस्रो फराकिलो जित हो । यस अघि २०१९ मा दक्षिण एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई पोखरा क्रिकेट मैदानमा १६ रनमा अलआउट पारेको थियो ।
नेपालले बिहीबार भएको खेलमा आयोजक टिम मलेसियालाई ५ रनले पराजित गरेको थियो । नेपालले समुह चरणको तेस्रो खेल भुटानसँग आइतबार खेल्नेछ ।