पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

रास्वपाले गृह मन्त्रीमा सभापति रवि लामिछाने सहित ४ मन्त्रीको नाम टुंग्यायो

२०८० फाल्गुण २३, बुधवार १५:०७ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ ।
रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।
पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेका अनुसार रास्वपाले पाउने चार मन्त्रालय र पार्टीबाट पठाउने व्यक्तिको चयन भएको हो ।