पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको हृदयाघातबाट निधन

२०८० माघ १६, मंगलबार १२:५७ बजे

काठमाडौं : पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको हृदयाघातबाट निधन भएको छ । मंगलबार बिहान उनको निधन भएको हो ।
न्यायाधीश मरासिनीको शव कलंकीको नेसनल अस्पतालमा राखिएको छ । बिहान ९ बजेतिर एक्कासि स्वास्थयमा समस्यादेखिपछि उनलाई अस्पताल पुर्याइएको थियो ।
अस्पतालले बिहान १० बजे मरासिनीलाई मृत घोषित गरेको उच्च अदालत स्रोतले जानकारी दियो । ५६ वर्षीय उनी सरुवा भएर दुई दिन अघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए ।