काठमाडौं- गएराती सम्पन्न भएको टी-२० सिरिजको दोस्रो खेलमा भारत दक्षिण अफ्रिकासँग पराजित भएको छ । दक्षिण अफ्रिकाको यो जितपछि ४ खेलको सिरिज १-१ ले बराबरी भएको छ । यस अघि पहिलो खेल भारतले जितेको थियो । अब सिरिजको तेस्रो खेल बुधवार हुने छ ।
गए राति भएको खेलमा भने दक्षिण अफ्रिकाले भारतलाई ३ विकेटले पराजित गरेको हो ।
भारतले दिएको १२५ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले १९ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउदै १२४ रन बनाएको थियो ।