काठमाडौं- गौतमबुद्ध विमानस्थलको धावनमार्गमा काठमाडौंबाट भैरहवा गएको बुद्ध एयरको नाइन एन–एओसी जहाज गएराति राति ९ बजेतिर चिप्लिएर घाँसे मैदानमा पुगेको छ।
बुद्ध एयरका अनुसार सम्पूर्ण यात्रु र चालक दलका सदस्य सुरक्षित छन्। यसबारे थप विवरण आउँन बाँकी छ।
चिप्लिएर जहाजको केही भाग घाँसे मैदानमा पुगेको थियो।