पाठशाला न्यूज
 २०८१ बैशाख ६, बिहीबार    

केन्याविरुद्ध ब्याटिङ गर्दै नेपाल

२०७९ भाद्र १८, शनिबार १५:५३ बजे

काठमाण्डौ–नेपालले केन्याविरुद्ध दोस्रो एकदिवसीयमा टस जितेर ब्याटिङ रोजेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आजको खेल हुदैछ ।
पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । नेपाल आजको खेल पनि जितेर एक खेल अगाबै सिरिज जित्ने योजनामा हुनेछ । यस खेल जितेमा नेपालले एकदिवसीय सिरिज समेत आफ्नो बनाउने छ ।
नेपालले यस अघि केन्याविरुद्धको पाच खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३–२ ले जितेको थियो । तेस्रो एकदिवसीय खेल भने सोमबार हुनेछ ।