काठमाडौं- साफ महिला च्याम्पियनसिपको फाइनलमा आज घरेलु टोली नेपालले बंगलादेशसँग खेल्दैछ ।
खेल साँझ साढे ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ ।
इतिहासमा नै बंगलादेशसँग नेपाल एक पटक मात्र पराजित भएको छ । त्यो पनि सन् २०२२ को साफ च्याम्पियनसिपको फाइनलमा । नेपाल सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा चार-दुई गोलले पराजित गर्दै छैटौं पटक साफको फाइनल खेल्न लागेकाे हो ।
यसअघि पाँच पटक उपविजेतामा रोकिएको नेपालले यो पटक भने घरेलु समर्थक र मैदानको फाइदा उठाउँदै च्याम्पियन बन्ने लक्ष्यमा छ ।