पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

छात्रवृत्तिको विवरण पठाउन संस्थागत विद्यालयलाई काठमाडौं महानगरको निर्देशन

२०८१ वैशाख २०, बिहीवार ०८:१८ बजे

काठमाडौं : काठमाडौं महानगरले शैक्षिक सत्र २०८१ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको विवरण जेठ २ भित्र अनिवार्य पेश गर्न महानगरभित्रका सबै संस्थागत विद्यालयलाई निर्देशन दिएको छ ।
महानगर प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत् उक्त निर्देशन दिइएको जनाएका हुन् । नियमानुसार विवरण पेस नगर्ने विद्यालयलाई अनुमति रद्द या प्रचलित कानुनअनुसार हदैसम्मको कारबाही गरिने उनले चेतावनी दिएका छन् ।
विद्यालयले महानगरको पोर्टलमार्फत् फर्म भरी १० प्रतिशतले हुन आउने छात्रवृत्तिको संख्या भर्नुपर्ने छ ।
महानगरको विद्यालय शिक्षा नियमावलीअनुसार गत वर्ष ४ सय ६५ विद्यालयबाट १३ हजार भन्दा बढी विद्यार्थीले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेको जनाइएको छ ।