पाठशाला न्यूज
 २०८१ बैशाख १४, शुक्रबार    

गरुडामा गोली चल्यो,एक प्रदर्शनकारी यादव घाइते

२०७९ चैत्र २९, बुधबार १८:३६ बजे

रौतहट–रौतहटको गरुडामा प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् ।
दीपक यादव नेतृत्वको समूहले गरुडा नगरपालिका अगाडि गरेको प्रदर्शनका क्रममा झडप हुदा प्रहरीले चलाएको गोली लागेर स्थानीय गजेन्द्र यादव घाइते भएका हुन् ।
प्रहरीको गोली लागेर गजेन्द्र घाइते भएको दीपक यादवले बताएका छन् । गोली यादवको काखीमा लागेको बताइएको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी छेदीलाल यादव घाइते भएपनि गोली लागे नलागेको यकिन नभएको बताए ।
घाइतेलाई गरुडामा सामान्य उपचार पछि थप उपचारको लागि वीरगंज पठाइएको छ । झडपमा क्रममा प्रहरीले १६ राउण्ड हवाई फायर गरेको छ ।

गत स्थानीय तहको निर्वाचनमा लोसपा नेपालबाट नगर प्रमुख पदमा प्रत्याशी दीपक यादव दलबलसहित नगरपालिका कार्यालयमा पस्न खोज्दा प्रहरी र आन्दोलनकारीबिच झडप भएको बताईएको छ ।