पाठशाला न्यूज
 २०८१ बैशाख २५, मंगलबार    

मेयर सिंहको पक्षमा नाराबाजी गर्ने वडा अध्यक्षहरुलाई पर्सा कांग्रेसले कारबाही गर्ने

२०८० माघ २२, सोमबार २२:०१ बजे

जलेश्वर सर्राफ 

वीरगंज- नेपाली कांग्रेस पर्साले पार्टीको निति बिरुद्धको कार्यमा संलग्न भएकाहरु माथी कारबाही गर्ने भएको छ। 

नेपाली कांग्रेस पर्साका केही वडा अध्यक्षहरु बिरुद्ध पार्टीमा उजुरी प्राप्त भएकोले उनीहरु माथि पार्टीले नियम बमोजिम कारबाही अगाडी बढाउने तैयारीमा जुटेको नेपाली कांग्रेस पर्साका अनुशासन समितिका संयोजक रमेश पाण्डेले बताएका छन्।

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले अरुको छोरीलाई आफ्नो छोरी बनाई किर्ते कागज(मिशिल) खडा गरी नागरीकता दिलाएकोले कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय पर्सामा नेपाली कांग्रेसको क्षेत्र नं २ का सभापति मोहम्मद सहाबूद्दिनले निवेदन दर्ता गराएका थिए। त्यसलगतै पुन: विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु समेत १७ जनाले जिल्ला प्रहरी कार्यालय पर्सा लगायत विभिन्न सरकारी निकायमा मेयर सिंह बिरुद्ध कानुनि कारबाहीको लागि उजुरी दर्ता गराइ रिपोर्टर्स कल्ब काठमाडौंमा पत्रकार सम्मेलन गरि बिभिन्न दबाब मुलक कार्यहरु गर्दै आएका छन् । त्यसबाट आत्तिएका वीरगंजका मेयर राजेशमान सिंहले आफु कारबाहीबाट जोगिन नागरिक समाजको नाउँमा सरकारी श्रोत साधनको दुरुपयोग गरी गाँउ-गाउँबाट भाडामा मान्छे झिकाएर आफ्नो समर्थनमा जुलुस निकालेका थिए। 

केहि दिन अगाडी निकालिएको उक्त जुलुशमा वीरगंज महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष जगत साह कानु, वडा नं ७ का वडा अध्यक्ष हिराकाजी महर्जन र वडा नं २६ का वडा अध्यक्ष शम्भु मिश्रा व्यानर बोकि राजेशमान सिंह जिन्दावादको नारा लगाउँदै सरकारी कार्यलाई समेत अवरोध गर्दै सहभागी भएका थिए । 

हिजो बिरगंज आईपुगेका कांग्रेसका महामन्त्री गगन कुमार थापाको अगाडि नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले पार्टीको निति बिपरित कार्य गरेको कुरा उठेपछि पर्सा कांग्रेसले अनुशासनहिन भन्दै कांग्रेसी वडा अध्यक्षहरुलाई कारबाहीको दायरामा ल्याउने तयारी गरेको छ।