एजेन्सी- उरुग्वेका स्ट्राइकर लुइस स्वारेज आगामी एक सिजन अमेरिकन क्लब इन्टर मियामीमै रहने हुनुभएको छ । मेजर लिग सकर क्लब मियामी र ३७ वर्षीय स्वारेजबीच आगामी लिग २०२५/०२६ सँगै रहने निर्णय भएको हो ।
स्वारेजले लिभरपुल, बार्सिलोना र एट्लेटिको मड्रिडबाट खेलिसक्नुभएको छ । युरोपको चर्चित लिगपछि उहाँ गत सिजन मियामी पुग्नुभएको थियो । जहाँ बार्सिलोनाका पूर्वसहकर्मी लियोनल मेसी, जोर्डी अल्वा र सर्जियो बुस्क्वेट रहनुभएको छ ।
यसै सिजन बार्सिलोनाकै पूर्वसहकर्मी जाभियर मास्चेरानो प्रशिक्षकका रूपमा मियामी भित्रिनुभएको छ । प्रशिक्षक टाटा मार्टिनोले पारिवारिक कारण टिम छाडेपछि पद रिक्त थियो । कप्तान मेसीको समर्थनमा मियामीले मास्चेरानोलाई अर्जेन्टिनाको यू-२३ टिमबाट मियामी झिकाएको हो ।
गत सिजन मियामी एमएलएसको शीर्ष स्थानमा रहृयो । तर, नकआउट खेलमा भने एट्लान्टासँग हार्दै बाहिरिएको छ । क्लब इतिहासमा पहिलोपटक मियामी एमएलएसको शीर्ष स्थानमा रहेको हो । यस क्रममा स्वारेजले २७ खेलमा २० गोल गर्नुभएको थियो । उहाँले उरुग्वेका लागि कीर्तिमानी १४३ खेलमा ६९ गोल गर्नुभएको छ ।