पाठशाला न्यूज
 २०८२ आषाढ ३, मङ्गलवार    

इजरायलले इरान माथि आक्रमण शुरु गर्यो

२०८१ कार्तिक १०, शनिवार ०७:१९ बजे

काठमाडौं- इजरायलले इरानमा "सैन्य लक्ष्यहरू" मा शनिवार सबेरै आक्रमणहरू शुरु गरेको छ । 

इजरायली सेनाले अक्टोबर १ मा इरानले गरेको आक्रमणको बदलास्वरूप इरानविरुद्ध आक्रमण शरू गरेको जनाएको छ । इजरायली सेनाले इरानको सैनिक अड्डाहरुलाई निशाना बनाउने बताएको छ । सेनाका प्रवक्ताले इजरायलले इरानविरुद्ध आक्रमण शुरु गरेको जानकारी दिदै आफ्नो देशको रक्षागर्न जुनसुकै कदम पनि चाल्ने चेतावनी दिएका छन् ।

यसैबीच इजरायलले आक्रमण शुरु गरेको जानकारी दिएसँगै इरानले आफ्नो एयर स्पेस बन्द गरेको बताइएको छ भने इरानका कैयौं ठाउँमा विस्फोटको अवाज आएको मिडिया रिपोर्टहरुमा उल्लेख छ ।

त्यस्तै अमेरिकाले भने इजरायलको इरानमाथिको आक्रमण बारे टिप्पणी गर्दै आफुहरु यस आक्रमणमा सहभागी नभएको स्पष्ट पारेको छ।

अक्टोबर १ मा इरानले हज्बुल्लाहका नेता हसन नासरल्लाहको हत्या गरेको आरोपमा इजरायलमाथि २०० सय भन्दा बढी मिसाइल आक्रमण गरेको थियो । सो मिसाइल आक्रमणलाई इजरायलले लगभग असफल बनाएको थियो । 

यसैबीच इरानी राज्य मिडियाले इरानमा धेरै विस्फोटहरू भएको रिपोर्ट गरेको छ।