पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

ओडिआइ विश्वकप क्रिकेट २०२३: नेदरल्याण्ड्सको जितसँगै बंगलादेश विश्वकप प्रतिस्पर्धाबाट बाहिरियो

२०८० कार्तिक १२, आइतवार ०८:०७ बजे

भारत- शनिबार भएको खेलमा नेदरल्यान्ड्ससँग फराकिलो पराजयसँगै बंगलादेश विश्वकपबाट बाहिरिएको हो। यससँगै बंगलादेश आईसीसी विश्व कप क्रिकेट२०२३ बाट बाहिरिने पहिलो टोली बनेको छ। 

टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन बनाएको थियो।नेदरल्यान्ड्सले दिएको दुई सय ३० रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेश ४२ ओभर दुई बलमा एक सय ४२ रनमात्र बनाएर अलआउट भएको थियो।

जितसँगै नेदरल्यान्ड्स तालिकाको आठौं स्थानमा उक्लिएको छ भने पराजित भएको बङ्लादेश नवौं स्थानमा पुगेको छ। जम्मा २ अंक रहेको बङ्लादेश अब बाँकी ३ खेल जित्दा पनि सेमिफाइनलमा पुग्ने छैन। नेदरल्यान्ड्सको जारी विश्व कपमा यो दोस्रो जित हो।