पाठशाला न्यूज
 २०८१ माघ २६, शनिवार    

स्पेनिस ला लिगामा रियल मड्रिडको सहज जित

२०८१ माघ १३, आइतवार ०९:०८ बजे

एजेन्सी- स्पेनिस ला लिगामा रियल मड्रिडले सहज जित निकालेको छ । सहज जित दर्ता गर्नेक्रममा शनिवार राति सम्पन्न खेलमा रियल भालाडोलिडलाई ३–० ले हरायो । 

रियलको जितमा केलियन एम्बाप्पेले ह्याट्रिक गरे । उनले खेलको ३० औँ मिनेटमा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए ।

एमबाप्पेले ५७ औँ मिनेटमा गोल गर्दै टिमलाई २–० ले अघि बढाए । इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गर्दै उनले ह्याट्रिक पूरा गरे ।  

यो जितपछि रियलले दोस्रो टोलीसँगको अंक दूरीलाई अझै बढाएको छ । उसले २१ खेलबाट ४९ अंक जोडेको छ ।

दोस्रो स्थानको एलेटिको मड्रिड समान खेलबाट ४५ अंक छ । गएराति नै भएको अर्को खेलमा एटलेटिकोले भिल्लारियलसँग १–१ को बराबरी खेल्यो ।

अरू खेलमा रियल बेटिसले मालोर्कालाई १–० ले‌ हराउँदा लस पालमस र ओसासुना तथा सेभिल्ला र‌ इस्पानुयलले १–१ को बराबरी खेले ।