पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

एक महिनामा इथोपियामा थपिए ३ लाख २८ हजार बढी मलेरिया संक्रमित

२०८० माघ २०, शनिबार १७:३२ बजे

Photo credit: Diana Cotran / MMV

एदिस अब्बा-  इथियोपियामा मलेरियाका रोगीहरू अत्याधिक मात्रामा  बढेका छन ।

यस वर्षको सुरुदेखि ३ लाख २८ हजार ८८१ मलेरियाका नयाँ बिरामीहरू फेला परेका हुन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार गत जनवरी १ देखी २८ काबीचमा पूर्वी अफ्रिकी देशमा ८४ जनाको मृत्यु हुन पुगेको छ ।

जुन अघिल्लो महिनाको तुलनामा १७ प्रतिशतले बढे भएको डब्ल्यूएचओ इथियोपिया हेल्थ क्लस्टरले जनाएको छ । यद्धपी, स्वास्थ्य साझेदार संस्थाहरूले देशभर तिब्र रूपमा फैलिएको औलो रोकथाम, उपचार र सचेतना अभियानहरूलाई समर्थन गर्न स्रोतहरू परिचालन गरिरहेका छन् ।

गत नोभेम्बरमा डब्ल्यूएचओले अफ्रिकाको दोस्रो सबैभन्दा बढी जनसंख्या भएको देश इथियोपियाले कम्तिमा सात वर्षमा सबैभन्दा धेरै मलेरियाका केसहरू रेकर्ड गरेको बताएको थियो।

इथियोपियामा मलेरियाको प्रकोप २ हजार मिटरभन्दा मुनिको क्षेत्रहरूमा बढी फैलिएको छ, जसले देशको जमिनको तीन चौथाई भाग ओगटेको छ, जसको अनुमानित जनसंख्या ५२ मिलियन रहेको छ।