पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

क्यानडाका लागि राजदूत भरतराज पौडेल नियुक्त

२०८० फाल्गुण ३०, बुधवार १७:१४ बजे

काठमाडौँ : क्यानडाका लागि नेपालका आवासीय नवनियुक्त राजदूत भरतराज पौडेललाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज (बुधवार) राजदूत पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार सरकारका उच्चपदस्थ अधिकारीको उपस्थितिमा राजदूत पौडेलको शपथ ग्रहण भएको छ ।