एजेन्सी- चर्चित पप गायक लियाम पेनको निधन भएको छ । होटलको तेस्रो तल्लाबाट खसेर उनको निधन भएको हो ।
पप ब्याण्ड वन डाइरेक्शनमा आवद्ध रहेका ३१ वर्षका पेन अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा होटलको बार्दलीबाट खसेका थिए। प्रहरी घटनास्थलमा पुग्दा उनको निधन भइसकेको थियो ।
लियाम पेन सन् २०१० मा एक्स फ्याक्टर टिभी शोमा गठन गरिएको प्रसिद्ध बॉयब्याण्डमा पनि थिए । हृयारी स्टाइल्स, लुइस टमलिन्सन, नियाल होरान र जेन मलिकजस्ता कलाकारहरू यस समूहमा छन् । ब्यान्डले ‘फर एभर योंग, हृवाट मेक्स यु ब्युटिफुल, स्टोरी अफ माई लाइफ’जस्ता पप गीतहरू गाएको छ ।
ब्यूनस आयर्स प्रहरीका अनुसार घटनास्थलमा रहेका प्रहरी अधिकारीहरूले गरेको प्रारम्भिक अनुसन्धानले लियाम पेनले सम्भवतः लागूपदार्थ र मदिराको सेवन गरेका देखाएको छ ।