पाठशाला न्यूज
 २०८१ बैशाख २४, सोमबार    

मोटरसाइकल दुर्घटनामा एक भारतिय नागरिकको मृत्यु

२०८१ बैशाख १२, बुधबार २३:०८ बजे

जलेश्वर सर्राफ 

वीरगंज- पर्साको हुलाकी सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहारको पश्चिम चम्पारण घर भएका २० बर्षिय सचिन थारु रहेका छन्।

पर्साको जगरनाथपुर गाउँपालिका–४ हुलाकी सडकमा वीरगंजबाट ठोरी तर्फ जाँदै गरेको बि.आर. २२-क्यु-३४४० नम्बरको मोटरसाइकल यहि आइतवार दुर्घटना भएको थियो। सो दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सचिन थारुको वीरगंज स्थित नारायणी अस्पतालमा उपचारका क्रममा सोमवार बिहान मृत्यु भएको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बुधवार साँझ जानकारी गराएका छन् ।

सो दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान पनि गरिरहेको उनले बताएका छन्।