पाठशाला न्यूज
 २०८१ चैत्र ६, बुधवार    

मतदातालाई प्रतिदिन १० लाख अमेरिकी डलर दिने मस्कको योजनालाई अमेरिकी सरकारको चेतावनी

२०८१ कार्तिक ८, बिहीवार १२:४० बजे

काठमाण्डौं- मतदातालाई प्रतिदिन १० लाख अमेरिकी डलर दिने मस्कको योजना कानुन उल्लंघनको दायरामा आउन सक्ने भन्दै अमेरिकी न्याय विभागले एलन मस्कको अभियान अमेरिका पीएसीलाई चेतावनी पत्र पठाएको छ ।

अमेरिकी न्याय विभागले ट्रम्पको समर्थनमा एलोन मस्कको चुनावी अभियान संगठनलाई पत्र लेखेको हो ।एलन मस्कको चुनावी अभियानमा पठाइएको पत्रको जानकारी पहिलो पटक सीएनएनले साझा गरेको थियो।

मस्कको अभियान अमेरिका पीएसीको यो पुरस्कार योजनामा सात स्विङ राज्यमा दर्ता भएका मतदाताहरूलाई एउटा याचिकामा हस्ताक्षर गर्न अपील गरिएको छ ।

चुनाव नहुँदासम्म प्रत्येक दिन पिटिशनमा हस्ताक्षर गर्ने व्यक्तिमध्ये एकलाई एक मिलियन अमेरिकी डलर दिइनेछ । केही कानुनविद्हरूले यो पुरस्कार योजना गैरकानूनी हुनसक्ने बताइसकेका थिए ।

यसअघि अक्टोबर १९ मा पहिलो चिठ्ठा चेक पेन्सिलभेनियामा एक कार्यक्रममा एक व्यक्तिलाई दिइएको थियो ।