पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

सगरमाथासहितका हिमालबाट नेपाली सेनाद्वारा फोहोर सङ्कलन

२०८१ वैशाख १८, मङ्गलवार ०६:४९ बजे

काठमाडौं- नेपाली सेनाको सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट कुहिने र नकुहिने दुवै किसिमका १ हजार ९ सय किलोभन्दा बढी फोहोर सङ्कलन गरेको छ। 

सगरमाथा राष्ट्रिय निकुञ्ज, सगरमाथा प्रदूषण नियन्त्रण समिति, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय निकाय तथा बुद्धिजीवी, विभिन्न सङ्घसंस्थाका प्रमुख/प्रतिनिधिहरूको समन्वयमा सफा हिमाल अभियान टोलीले काम गरिरहेको छ।

‘एन इन्डेभर टू सेभ द हिमालयज’ मूल आशयका साथ सञ्चालित यस अभियानअन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पबाट करिब १० टन फोहोर र ५ वटा मानव शव सङ्कलन गर्ने लक्ष्य लिइएको छ।