पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

जेसिज सप्ताहा चौथो दिन : रक्तदान कार्यक्रम सम्पन्न

२०८० भाद्र २१, बिहीवार १४:२१ बजे

रौतहट–चन्द्रपुर सिटि जेसिज बर्ष २०२३ को जेसिज सप्ताहा कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
विहिवार चन्द्रपुर हस्पिटल प्रा.ली को पाङ्गणमा हस्पिटलको स्टोर क्षमता अनुसार चन्द्रपुर सिटि जेसिज बर्ष २०२३ को जेसिज सप्ताहा कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न भएको हो । सोमवार वाट सुरु भएको बर्ष २०२३ को जेसिज सप्ताहा कार्यक्रम अन्तर्गत बिद्यार्थी संग जेसिज,किसानहरुलाई केरा खेती सम्बन्धि तालिम,कमेडि यात्रा र रक्तदान कार्यक्रम सम्पन्न भईसकेको चन्द्रपुर सिटि जेसिज बर्ष २०२३ का अध्यक्ष चिरनजिवी गौतमले जानकारी दिनुभएको छ ।
उहाँले जेसिज सप्ताहा कार्यक्रम अन्तर्गत चन्द्रपुर–४ स्थित आज विहिवार स्व.तुलसीलाल आमात्य स्मृती खेलमैदनमा पत्रकार संग व्यापारीको फुटवल प्रतियोगिता रहेको तथा भोली शुक्रवार संदेशमुलक सडक नाटक सहित यस वर्षको जेसिज सप्ताहा कार्यक्रम सम्पन्न हुने अध्यक्ष गौतमले बताउनुभएको छ ।

कार्यक्रममा रक्तदान गर्न आउनुभएको संख्या अनगीन्ती भएपनि हस्पिटलको स्टोर क्षमता अनुसार २० जनाले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक भिमराज अधिकारी (सुशिल) ले जानकारी दिनुभएको छ । उहाँले रक्तदानमा सहभागि हुने सम्पुर्णलाई र बिशेष सहयोग गर्नुहुने चन्द्रपुर हस्पिटल प्रा.लीका संचालक डा.सुभाव चौधरीलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
सो कार्यक्रममा चन्द्रपुर सिटि जेसिजका कार्यकारीणी उपाध्यक्ष श्यामहरी चौलागाईं, उपाध्यक्ष गोपाल हुमागाँई,नेपाली काँग्रेस मधेस प्रदेशका सदस्य सुर्य बहादुर थापा,जेसिजका पुर्व अध्यक्षहरु उपस्थित थिए ।