पाठशाला न्यूज
 २०८१ मंसिर २३, आइतवार    

तीन देशका राजदूतहरुले राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश

२०८१ मंसिर ७, शुक्रवार १८:३२ बजे

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि स्पेन, इजरायल र न्यूजील्याण्ड देशका राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ।

उक्त समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।

नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । समारोहमा इजरायलका आवासीय राजदूत श्मुलिक एरी बास, स्पेनका गैरआवासीय राजदूत जुआन एन्टोनियो मार्च पुजोल र न्यूजील्याण्डका गैरआवासीय राजदूत पैट्रिक जोन राटाले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो ।