काठमाडौं- मेक्सिकोमा सम्पन्न वाइल्डलाइफ कन्जरभेसन चलचित्र महोत्सवमा पत्रकार प्रदीप पोखरेलद्वारा निर्देशित वृत्तचित्र स्नो लियोपार्डले ‘अनरेवल मेन्सन अवार्ड’ जितेको छ।
अक्टोबर २४ देखि २७ सम्म भएको महोत्सवमा नेपाली संरक्षणकर्मी डा. सोम आलेले नेपालको हिउँचितुवाको संरक्षण कार्यमा गरेको सङ्घर्ष देखाइएको छ । वृत्तचित्रको सम्पादन ईश्वर कोइराला र सङ्गीत संयोजन सलिल सुवेदीले गर्नुभएको छ ।
महोत्सवमा बेलायत, अमेरिका, क्यानडा, अस्ट्रिया, फ्रान्स, रुस, मेक्सिको, नेदरल्यान्ड, अस्ट्रेलिया, नर्वे, स्पेन, जर्मनी, भारत, पाकिस्तान, थाइल्यान्डलगायत दर्जनौँ देशका चलचित्रले प्रतिस्पर्धा गरेका थिए ।
महोत्सवमा सबै चलचित्र र वृत्तचित्र वन्यजन्तु संरक्षणसम्बन्धी कथामा आधारित थिए ।