पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

टी-२० विश्वकपमा आज क्यानडा र आयरल्याण्डबीच खेल हुँदै

२०८१ जेष्ठ २५, शुक्रवार ०७:१५ बजे

काठमाडौं- जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज क्यानडा र आयरल्याण्डबीच खेल हुदै छ । न्यूयोर्कमा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ ।

क्यानडा र अमेरिका दुवैले यस अघिका आफ्ना पहिलो खेलमा हार बेहोरेका छन् । क्यानडा अमेरिकासँग पराजित भएको थियो भने आयरल्याण्ड भारतसँग पराजित भएको थियो ।

दुवै देशबीच अहिलेसम्म ४ टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा दुवैले २-२ खेल जितेका छन् । सुपर आठमा पुग्न दुवै देशका लागि यस खेलको जित महत्वपूर्ण रहेको छ ।