पाठशाला न्यूज
 २०८१ बैशाख १३, बिहीबार    

होटल तथा पर्यटन ब्यबसायी संघको वरिष्ठ उपाध्यक्षमा चौधरी

२०७९ माघ ४, बुधबार १९:४९ बजे

दिपु मिश्र
चन्द्रनिगाहपुर–रौतहट होटल तथा पर्यटन ब्यबसायी संघको वरिष्ठ उपाध्यक्षमा होटल ए एन प्लाजा चन्द्रनिगाहपुरका संचालक अर्बिन्द चौधरी सर्वसम्मत निर्वाचित भएका छन् ।
बुधवार होटल तराई इनमा सम्पन्न होटल तथा पर्यटन ब्यबसायी संघको भेलाले होटल तथा पर्यटन ब्यबसायी संघको वरिष्ठ उपाध्यक्षमा होटल ए एन प्लाजा चन्द्रनिगाहपुरका संचालक अर्बिन्द चौधरी सर्वसम्मत निर्वाचित भएका हुन् ।
होटल तथा पर्यटन ब्यबसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतमको प्रमुख आतिथ्यता,महासंघका संरक्षक सल्लाहकार युवराज लामा,बरिष्ठ उपाध्यक्ष उदय सापकोटा(सुरेन),महासचिव मोहन शर्मा तथा ह्यान मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष मोहन प्रधानको उपस्थितिमा होटल तथा पर्यटन ब्यबसायी संघको वरिष्ठ उपाध्यक्षमा होटल ए एन प्लाजा चन्द्रनिगाहपुरका संचालक चौधरी सर्वसम्मत निर्वाचित भएको होटल तथा पर्यटन ब्यबसायी महासंघ मधेस प्रदेशका बरिष्ठ उपाध्यक्ष उदय सापकोटा (सुरेन)ले पाठशाला न्युजलाई जानकारी दिएका छन् ।
त्यसैगरि होटल तथा पर्यटन व्यवसायी संघ रौतहटको अध्यक्षमा पशुपति तथा आरोही होटलका संचालक शिवराम राउत,उपाध्यक्षमा सगुन बेकरीका संचालक अमर श्रेष्ठ,महासचिवमा होटल हाईवे हेवनका संचालक मदन तिमल्सिना, सचिबमा होटल होलिडे ईनका संचालक यज्ञ थापा र कोषाध्यक्षमा गंगा स्टाप होटलका संचालिका गंगा खड्का समेत सर्वसम्मत निर्वाचित भएका हुन् ।