पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

किर्ते नागरिकता बनाईदिएका मेयर सिंह बिरुद्ध जिल्ला प्रसाशन कार्यालय पर्सामा धर्ना

२०८० माघ २४, बुधबार १३:०० बजे

जलेश्वर सर्राफ 

वीरगंज : वीरगंज महानगरका मेयर राजेशमान सिंहलेले दिलाएको किर्ते नागरिकता काण्डमा दोषीलाई उन्मुक्ति दिने चलखेल भईरहेकोले आज सचेत नागरिक समाज पर्साले जिल्ला प्रशासन कार्यालय पर्सामा व्यानर सहितको धर्ना र नाराजुलुस गरेका छन्। 

मेयर सिंहले एकजना भट्टराई थर कि युवतीलाई आफ्नो थर श्रेष्ठ राखेर नागरिकता दिलाएका थिए। हाल ती युवती विदेशमा अध्यनरत छिन्। किर्ते नागरिकता काण्डमा दोषीहरुलाई अहिलेसम्म कारबाहीको दायरामा ल्याउन नसक्नुको पछाडी कुन अदृश्य शक्तिले रोकेको छरुु नेता मोस्सहाबुद्दिनले भने, अर्का नेता लियाकत अली भन्छन् यस्ता प्रकृतिका अपराधमा सर्वसाधारण भएको भए कस्तो खालको कारबाही हुन्थ्योरु म प्रमुख जिल्ला अधिकारी ज्युसँग प्रतिप्रश्न गर्न चाहन्छु ।

आफ्नो बचाउमा मेयर सिंह अहिले विभिन्न राजनीतिक शक्ति केन्द्रमा धाउन थालेका छन्। सचेत नागरिक समाजका शशिकपुर मियाले भने अहिले हामीले धर्ना कार्यक्रम गरेका छौ यदि दोषीलाई उन्मुक्ति दिने कार्य कहिकतै बाट भयो भने हामी आमरण अनसन समेत बस्छौ। आजको दबाब मुलक कार्यक्रममा विभिन्न राजनीतिक दलका सर्वदलीय नेता तथा कार्यकर्ताहरुको सहभागितामा जिल्ला प्रशासन कार्यालयको मुख्य द्वारमा धर्ना बसेका थिए। त्यस धर्ना कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य शशिकपुर मिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरगंज महानगरका अध्यक्ष जलेश्वर सरार्फ, जनमतका मुकेश दिवेदी, नेपाली कांग्रेसका पर्सा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति मोस्सहाबुद्दिन, नेकपा एमालेका प्रदेश सदस्य लियाकत अलि, संजय सिंह लगायतका उल्लेखनीय सहभागितामा आजको कार्यक्रम सम्पन्न भएको थियो। जिल्ला प्रशासन कार्यलयका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले हामीले यो केशलाई बडो सुक्ष्म ढंगले हेर्दैछौ र यसमा जो कोहि दोषी भएतापनी हामीले कारबाहीको दायरामा ल्याउँछौ यसमा कहिकतै आशङ्का नगरियोस् भनेर आश्वासन दिएका छन्।