पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

कांग्रेसका केन्द्रिय सदस्यहरूले आज हिन्दु राष्ट्रको पक्षमा महाअभियान घोषणा गर्दै

२०८० फाल्गुण ५, शनिवार ०८:३२ बजे

काठमाडौं- नेपाली कांग्रेसका नेताहरूले सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा आज गर्ने भएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य तथा शंकर भण्डारीको संयोजकत्वमा आज  महाअभियानको घोषणा हुन लागेको हो । 

अभियानका सहसंयोजक एवम्‌ प्रवक्ता लोकेश ढकालका अनुसार शनिबार १२ः३० बजे काठमाडौंको थापागाउँ स्थित बानेश्वर बैंक्वेटमा घोषणसभा कार्यक्रम राखिएको छ ।