पाठशाला न्यूज
 २०८१ बैशाख २०, बिहीबार    

गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता

२०८० जेठ २१, आईतबार १५:३० बजे

काठमाडौँ–रौतहटको गौर हत्याकाण्ड विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । आइतबार त्रिभुवन साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका हुन् ।
उक्त मुद्दाको पेशी जेठ २२ गते सोमबारलाई तोकिएको छ । २०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २७ जना माओवादी कार्यकर्ता मृत्यु भएको थियो । जसलाई गौर हत्याकाण्डले चिनिन्छ ।