पाठशाला न्यूज
 २०८१ बैशाख १६, आईतबार    

यस्तो छ अजय देवगनको फिल्म ’शैतान’ को ट्रेलर

२०८० फाल्गुन ११, शुक्रबार २१:२५ बजे

काठमाडौं : अजय देवगन अभिनीत फिल्म ’शैतान’ को ट्रेलर सार्वजनिक भएको छ ।
बिहीबार जि–स्टुडियो युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा अजय आफ्नो परिवारको सुरक्षाका लागि लडिरहेको देख्न सकिन्छ । उनी ’दृश्यम’ र ’दृश्यम २’ मा पनि आफ्नो परिवारको सुरक्षाका लागि लडेको देखाइएको थियो । तर यसपटक उनी कालो शक्तिको सामना गर्नेछन् ।
फिल्ममा अजय देवगन र आर माधवनको टक्कर हुनेछ । विकास बहलले निर्देशन गरेको फिल्ममा अजय र आर माधवनसँगै ज्योतिका,जनकी बोदिवाला,अंगद माहोलेलगायत कलाकारको अभिनय छ ।
अजय देवगन, ज्योति देशपान्डे, कुमार मन्गत पाठक र अभिषेक पाठक निर्माण रहेको फिल्ममा संंजिव जोशी, अमृत दलमिया सह–निर्माता छन् ।
यो फिल्म ८ मार्च अर्थात फागुन २५ गतेदेखि प्रदर्शन हुनेछ ।