लामो परेड (The Long March)
- माओत्सेतुङ
दसौं हजार विकट पर्वत र मुसलधारे वर्षालाई
सजिलैसँग परास्त गर्ने लालसेनाहरू
लामो परेडको गोरेटो देखेर तर्सिदैनन् ।
पाँच चुचुराले सौम्य तरङ्ग प्रवाहित गर्छन्
अनि, माटोका मसिना डल्लाहरूले
गौरवका साथ उमिङको फन्को मार्छन् ।
उनीहरूका लागि न्याना हुन्छन्
पानीले भिजेका सुनौलो, बलौटे, भिराला चट्टानहरू । उनिहरूका लागि चिसा हुन्छन्
तातु नदी वारि-पारि तन्किएका फलामे साङ्लाहरू । मिन्सानको हजारौं कोस हिउँ
उत्साहपुर्वक पार गर्दै
उत्साहले धपक्क बलेको अनुहार लिएर
लालसेनाहरू परेड खेल्छन् ।
(सत्ता बन्दुकको नालबाट जन्मिन्छ भनेर उद्घोष गर्ने माओ चिनियाँ लालसेनालाई उत्साहित गर्न कविता रचना गर्नुहुन्थ्यो । “लामो परेड” भन्ने कविता अक्टोबर सन् १९३५ मा लेख्नु भएको हो ।)
(स्रोत : अनुदित कविता सङ्ग्रह "माओत्सेतुङका कविता" बाट सभार)