पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

चन्द्रोदयको अध्यक्षमा आचार्य

२०७९ पौष १८, सोमबार १०:३५ बजे

दिपु मिश्र
चन्द्रपुर– रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित चन्द्रोदय बचत तथा ऋिण सहकारी संस्थाको अध्यक्षमा बसन्त आचार्य निर्बिरोध निर्वाचित भएका छन् ।
गत पौष ९ गते सम्पन्न भएको १४ औं बार्षिक साधारण सभा बाट चन्द्रोदय बचत तथा ऋिण सहकारी संस्थाको अध्यक्षमा बसन्त आचार्य निर्बिरोध निर्वाचित भएका हुन् । उनी यस अगाडि सो संस्थाको २ कार्यकाल उपाध्यक्ष रहेर काम गरेका थिए ।
चन्द्रपुर नगर उद्योग संघको संचालक समितिको सदस्यमा एक कार्यकाल बिताएका आचार्य हाल नेपाली कांग्रेसको वडा नम्बर ६ को उपसभापति पदमा कर्यरत छन् । आयार्य अन्य विभिन्न संघ संस्थामा समेत कार्यरत छन भने चन्द्रोदयको संस्थापक सदस्य समेत रहेका उनी उपाध्यक्ष हुदै अहिले बर्तमान अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन । उनी बिभिन्न समाजिक कार्यहरुमा समेत सक्रिय रहदै आएका छन् ।