पाठशाला न्यूज
 २०८१ बैशाख २७, बिहीबार    

आम जनता पार्टी, प्रभु साह, प्रिती पासवान र नाचको रहस्य

२०८० चैत्र २५, आईतबार २१:४३ बजे

'भद्रगोल राजनितीक यात्राको क्रममा स्थापित पार्टीको न कुनै फेद छ? न कुनै टुप्पो? न कुनै स्पष्ट कार्य दिशा छ ? न कुनै रणनीति? न कुनै ईतिहास? फेरि पनि कम्युनिष्ट पार्टीको झल्को दिने गरि जनआन्दोलनको अवसर भनि बिगतको कम्युनिष्ट आन्दोलनलाई भजाएर पार्टी स्थापनाको औचित्यलाई ईतिहाससँग जोडेर पार्टीको एउटा बिरासत कायम गर्न खोजिएको छ।' 

'यसरी सर्वहारावर्गहरुको न्याय र मुक्तिको लागि भड्किलो नाचको सहारा लिनुपर्ने बौद्धिक चेतले के आम जनता पार्टी र प्रभु साहलाई साँच्चिकै सहि राजनैतिक दिशा प्रदान गर्ला?'

तेजविक्रम कार्की 

काठमाडौं- पछिल्लो समय प्रभु साहले कम्युनिष्ट आन्दोलनलाई त्यागेर आफ्नै क्षेत्रीय पार्टी आम जनता पार्टी गठन गरेपछि मधेस प्रदेश लगायत राजधानी काठमाडौं केन्द्रित आन्दोलन, धर्ना र बिरोध प्रदर्शनहरु गर्दै आएका छन्। 

यहि क्रममा आईतबार आम जनता पार्टीले राजधानी काठमाडौं केन्द्रित गरेर जन आन्दोलन दिवसको अवसरमा भन्दै एक बिरोध र्यालीको आयोजना गरेको छ। उक्त प्रदर्शन 'भ्रष्टाचार एंव लुटकारी व्यवस्था बिरुद्ध खबरदारी र्यालि' भनि निकालिएको हो। 

भद्रगोल राजनितीक यात्राको क्रममा स्थापित आम जनता पार्टी 

यद्यपि आम जनता पार्टीसँग जन आन्दोलन र कम्युनिष्ट सिद्धान्तको युगयुगान्तर कुनै सम्बन्ध देखिदैन । प्रभु साह आफैमा एक व्यक्तिको हैसियतले स्थापित यस पार्टीको कुनै केन्द्रिय सिद्धान्त पनि स्पष्ट छैन। 

बिगतमा नेकपा एमालेबाट राजनिती सुरु गरेका साह सशस्त्र द्वन्द्वकालमा नेकपा माओवादी पार्टी प्रवेश गरि कम्युनिष्ट राजनितीलाई निरन्तरता दिएपनि एमाले र माओवादी पार्टी एकता पछि बनेको नेकपा हुँदै बिभाजन पछि पुनः एमालेमा सक्रिय थिए । पछि नेकपा एमालेलाई अन्तरघात गरि स्वतन्त्र उमेदवार बनेर गत संघिय चुनावमा सांसद बनेपछि आम जनता पार्टी स्थापना गरि पार्टी अध्यक्ष भए । यस्तो भद्रगोल राजनितीक यात्राको क्रममा स्थापित पार्टीको न कुनै फेद छ? न कुनै टुप्पो? न कुनै स्पष्ट कार्य दिशा छ ? न कुनै रणनीति? न कुनै ईतिहास? फेरि पनि कम्युनिष्ट पार्टीको झल्को दिने गरि जनआन्दोलनको अवसर भनि बिगतको कम्युनिष्ट आन्दोलनलाई भजाएर पार्टी स्थापनाको औचित्यलाई ईतिहाससँग जोडेर पार्टीको एउटा बिरासत कायम गर्न खोजिएको छ। 

विवादित व्यक्तित्व प्रभु साह 

व्यक्तिको रुपमा प्रभु साहको राजनितीक जिवन आफैंमा विवादास्पद छ । साहलाई बिशेष गरि अस्थिर, निरंकुश, बिकासको खोल ओडेर गरेको व्यापक भ्रष्टाचार, दर्जनौं व्यक्ति हत्याको आरोप, सैद्धान्तिक विचलन, बिरोधीहरुको गुप्तरुपमा हत्यागर्ने योजनाकार, नातावाद र जातिवादी जस्ता आरोपहरुसँग जोडेर बिभिन्न समयको अन्तरालमा समाचार माध्यम र सामाजिक सञ्जालहरुमा बिश्लेषण गरेको पाईन्छ। 

बिगतको सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादीका नेताको रुपमा राजनैतिक उदय भएपश्चात विभिन्न व्यक्ति हत्याको बिवादमा मुछिएका साह बिरुद्ध भूमिसुधार तथा व्यवस्था मन्त्री भएको बखत २०६७ असार १२ गते साँझ अशोक बाटिका स्थित शिव-पार्वती मठमा हिन्दु युवा संघका अध्यक्ष काशीनाथ तिवारीलाई गोलि हानी हत्या गरेको घटनाका मतियारको रुपमा प्रहरीले पक्राउ पुर्जी समेत जारी गरेको थियो । नेता साहले सो विवाद पछि पदबाट राजिनामा दिनु परेको थियो। बारा हरैया निवासी अमन भन्ने मोटरसाइकल चालक पक्राउ परेपछि निजको बयान अनुसार गोलि हान्न आदेश दिने प्रभु साह थिए भने निजको स्वकिय सचिव फिरोज भनिने सियाराम कुशवाहले गोलि हानि काशीनाथ तिवारीको हत्या गरेको भनि बयान दिएपछि नेता साह निकै विवादित छवि बोकेर राजनितीमा कुख्यात छविका साथ सङ्घर्ष गर्नु परेको थियो । 

यसअघि उनि गौर हत्याकाण्डसँग जोडिएका प्रमुख पात्रहरु मध्ये एक थिए यद्यपी आफुलाई‌ निर्दोष र अरुलाई हत्यारा सावित गर्न बेला बखतमा गौर हत्याकाण्डका दोषीहरुलाई कारवाहि गर भन्दै संगठित प्रचारवाजि गर्ने गर्दछन् । २०६३ साल चैत ७ गते रौतहटको गौर स्थित राईसमिलमा मधेसी जनअधिकार फोरम र तत्कालिन नेकपा माओवादी एकै स्थानमा छुट्टै मञ्च बनाएर सभा गर्न लाग्दा दुई पक्षबीच झडप हुदाँ २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो। सोहि झडपमा सयौं व्यक्ति घाइते भएका थिए। 

हत्याको आंकडा र एका पक्षको क्षतिको हिसावले सरसर्ती हेर्दा मधेशी जनाधिकार फोरमको दोष देखिएतापनि यस घटनाको कारक तत्वमा नेकपा माओवादी पनि उत्तिकै जिम्मेवार देखिन्छ। एक हप्ता अघि नै फोरमले राइस मिलमा कार्यक्रम गर्ने तय गरेको जानिबुझि माओवादी पक्षले सोहि स्थानमा कार्यक्रम जुधाएर निहुँ खोज्नु घटना घट्नुको मुल कारण देखिन्छ। यद्यपि दुबै घटक प्रमुख जिम्मेवार थिए त्यसको नेतृत्व गर्नेहरु दोषी थिए तर अझैसम्म दोषीलाई कारवाही हुन सकेको छैन। 

प्रभु साहलाई अझैसम्म यस घटनासँग जोडेर बिपक्षीहरुले बेलाबखतमा कारवाही गर भन्दै विवादित बनाएको पाईन्छ।

उनि रौतहटका शिक्षक सुनिल यादवको हत्यामा पनि विवादास्पद व्यक्तित्व हुन्। उनि माथि अनुसन्धान हुनुपर्छ भनि शिक्षकहरुले आन्दोलन गरेतापनि अनुसन्धान भने हुन‌सकेन । शिक्षक यादवलाई सरकारले शिक्षकहरुको आन्दोलन पछि सहिद घोषणा गर्यो तर हत्यारा भने पत्ता लगाउन सकेन । ठोस प्रमाणहरू राजनैतिक शक्तिको आडमा गायब भए । सम्बन्धित निकायले आवश्यक अनुसन्धान सहि ढंगले गर्न सकेन । यो घटना सहिद घोषणा पछि यत्तिकै सामसुम भएर हरायो। 

सशस्त्र द्वन्द्वकाल पछि यस्तो विवादित छविमा देखिएका नेता साहले द्वन्द्वकालमा कति बिरोधी व्यक्तिहरुलाई सफाई गरे? त्यो इतिहाससँगै दबिएर गयो । 

टिकटक भाइरल प्रिती पासवान र नाचको रहस्य 

टिकटकबाट उदाएकी प्रिती पासवान एक चर्चित कलाकार हुन्। उनको बिगत कहिले पनि राजनितीक उदेश्यबाट प्रेरित थिएन । न उनि कुनै बिद्यार्थी आन्दोलनको परिणाम हुन्। पछिल्लो केहि बर्ष यता टिकटकमा नाचेका छोटा भिडियोहरु पोष्ट गरेर एक्कासी चर्चामा आए पछि बिभिन्न स्टेज शो कार्यक्रमहरुमा देखिन थालेकी पासवान नेपाल लगायत सिमामा जोडिएका भारतिय सहरहरूमा समेत आफ्नो कलाकारिता प्रदर्शन गर्ने गर्छिन्। भोजपुरी गितहरुमा बिशेष गरि आफ्नो नाच प्रस्तुत गर्ने पासवान केहि निश्चित रकम लिएर अन्य कलाकारहरु झै जिविकोपार्जन गर्ने गर्छिन्। 

विशेषगरि भोजपुरी गितहरु दुई किसिमको अर्थ लाग्नेगरी बनाइएका हुन्छन् । जसमा पछिल्लो समय भड्किलो नाच र उच्छृङ्खलता हाबी भएको सहजै बुझिन्छ। एक किसिमका दर्शकहरुको भिड यस्तो नाँच हेर्न दशौं हजारको संख्यामा मधेसमा जम्मा हुने गरेको पाईन्छ। 

मधेसको सँस्कृतिमा प्रख्यात भड्किलो भोजपुरी नाच बिशेषगरि लौवण्डा नाचको नामले प्रख्यात छ । लौवण्डा नाचमा पुरुषहरु महिला बनेर नाच्ने गर्छन् । यो नाच हेर्न लाग्ने भिड दशौं हजारको सङ्ख्यामा हुन्छ। 

लौवण्डा नाच हेर्न लाग्ने मधेसको भिड प्रीति पासवानको नाच हेर्न नआउने त कुरै भएन त्यहि माथि टिकटक मार्फत सबैतिर चर्चा बटुलेकी प्रीति पासवान ! 

प्रभु साह आफैमा भिड कसरी जम्मा गर्न सकिन्छ ? भन्ने कुरा राम्ररी बुझेका व्यक्ति हुन्। उनी भिड मनपराउँछन्। यद्यपि भिडको उदेश्य कुनै कम्युनिष्ट योद्धाहरुको जस्तो नभएतापनि त्यसले उनलाई कुनै फरक पर्दैन। लौवण्डा नाँच हेर्ने उत्तेजित मानसिकताको भिड र कम्युनिष्ट सिद्धान्तको अनुसरण गरेर जम्मा भएका योद्धाहरुको भिडमा धेरै अन्तर छ । र पनि प्रभु साहलाई चाहिएको भिड हो चाहे त्यो लौवण्डा नाचबाट जम्मा गरेर होस्, चाहे त्यो प्रीति पासवसनहरु जस्ता कलाकारहरुको भड्किलो प्रस्तुति हेर्न जम्मा भएका किन नहुन् ? साहलाई चाहिएको भिड हो । भिड जम्मा गर्न साह अन्तिम स्तरको हतकन्डा अपनाउन पछि पर्दैनन् चाहे त्यो धर्मको नाममा होस् चाहे उच्छृङ्खलताको प्रस्तुतिले होस् । जसरी हुन्छ भिडभाडको अगाडी एउटा स्टेज हुनुपर्छ र त्यहाँ साह उभिएको हुनुपर्छ। त्यसपछि आफ्नो गलामा अनुहार छोपिने गरि माला लगाएको हुनुपर्छ। सामाजिक सञ्जालमा फेसबुकलाई डलरमा भुक्तानी गरेर बिकास पुरुष नै हुन् भन्ने झल्को दिनेगरि मोटो रकम तिरेर गला भरि माला, स्टेज अगाडी दशौं हजार मानिसको भिड देखिने गरि खिचिएको चलाखीपूर्ण फोटो सुटका पोष्टहरु गरेर आफूलाई जनप्रिय र चर्चित नेताको रुपमा चित्रण गराउँछन् । 

प्रभु साहको यस किसिमको संगठित प्रचारबाजि के कम्युनिष्ट नेता हुनुको वास्तविक परिचय हो? आफुलाई जनप्रिय देखाउन यिनै षडयन्त्रहरुको माझ स्वयम् लाई यसरी उभ्याउनु कत्तिको जायज हो? के यहि षडयन्त्रले सर्वहारावर्गहरुको प्रतिनिधित्वलाई सहि अर्थमा असल नेतृत्वको रुपमा स्थापित गर्छ? के यस्तो नेतृत्वले समाजवादको भविष्य कोर्छ? जुन नेतृत्वले कम्युनिष्ट सिद्धान्तको अनुसरण गर्ने योद्धाहरुको भिड जम्मा गर्न सक्दैन, जुन नेतृत्वले एउटा नर्तकिको साहारामा गला भरि आफैले जोरजाम गरेको आसेपासे मार्फत माला पहिरिएर स्टेज अगाडी लौण्डा नाच हेर्ने भिडमा आफुलाई स्थापित गर्छ, त्यो नेतृत्वले कसरी समाजवादको भविष्य कोर्छ ? 

कुनै पनि राजनैतिक संगठनहरूबाट नउदाएकि कलाकार प्रीति पासवानलाई एमाले छँदा साहले नेकपा एमालेको केन्द्रीय सदस्यसमेत बनाए । पछि आम जनता पार्टी खोलेर आफ्नै पार्टीभित्र केन्द्रिय सदस्य बनाए । जसरी पनि प्रभु साह षडयन्त्रपुर्ण भिड जम्मा गर्न पासवान जस्ता कलाकारहरुलाई राजनैतिक खोल ओढाएर निकट राख्न चाहन्छन् । 

प्रीति पासवान जनमुक्ति गितहरुको गायिका पनि हैनन् । प्रीति पासवान न कुनै कम्युनिष्ट योद्धाहरुको सङ्घर्षलाई दर्शाउने गितमा प्रस्तुति दिने जनमुखी साँस्कृतिक कलाकार हुन्। 

प्रभु साह जो आफुलाई सर्वहारावर्गको मसिहा ठान्दछन् उनि प्रीति पासवानहरुको नाचलाई प्रयोग गरेर पद र शक्तिको लागि आफुतिर शक्ति केन्द्रहरुलाई आकर्षित गर्न चाहन्छन् ।

आजको काठमाडौं केन्द्रित कार्यक्रमको उदेश्य एकातिर थियो भने कार्यक्रममा प्रस्तुति दिइएको भड्किलो नाचको उदेश्य भिडलाई मनोरञ्जन प्रदान गर्नु मात्र थियो। 

यसरी सर्वहारावर्गहरुको न्याय र मुक्तिको लागि भड्किलो नाचको सहारा लिनुपर्ने बौद्धिक चेतले के आम जनता पार्टी र प्रभु साहलाई साँच्चिकै सहि राजनैतिक दिशा प्रदान गर्ला? बाँकि यस्को विश्लेषण गर्ने जिम्मा तपाईं पाठकहरुलाई...