पाठशाला न्यूज
 २०८१ बैशाख १३, बिहीबार    

माननीय तिमिल्सिना र भट्टाईद्धारा २० लाखको सामाग्री हस्तान्तरण

२०७९ मंसिर २७, मंगलबार २०:०९ बजे

दिपु मिश्र
चन्द्रपुर–रौतहट जिल्ला क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमिल्सिना र प्रदेश सभा सदस्य युवराज भट्टाई (समिर)को संयुत पहलमा चन्द्रनिगाहपुरको सरकारी अस्पतालमा करिव २० लाख बराबरको सामाग्री हस्तान्तरण गरिएको छ ।
मंलबार निर्वाचित भएको १ महिना नबित्दै २ माननियहरुले आफ्नो पहलमा अस्पताल संचालनमा आएको कठिनाइहरुलाई सहज पार्नको लागि करिव २० लाख बराबरको सामाग्री हस्तान्तरण गरेका हुन् । अस्पताललाई १ थान प्रोटेवल युसीजी मेसिन,पेटेन्ट मोनिटर,वीपी सेट वीथ स्टेथेस्कोप,नेबुलाईजर मेसिन,१० हजार थान पारासिटामोल,१० हजार थान सर्जिकल मेडिकल माक्स,५० लिटर सेनिटाईजर,५ हजार क्लोरोह्याक्सिडीन मलम र ८ सय थान ईन्जेक्सन गरी करिव २० लाख बराबरको सामाग्री हस्तान्त्ररण गरिएको चन्द्रनिगाहपुर अस्पतालका डा.सिद्धी कुमार सिंहले पाठशाला न्युजलाई जानकारी दिएका छन् ।
माननिय तिमिल्सिनाले अस्पताल संचालन गर्नका लागि आएको सम्पुर्ण समस्याहरु सुधार गर्दै लाने बताएका छन् । उनले सो अस्पतालको स्तर उन्नतीको लागि ५० सैया बेडको प्रदेशमा फाईल पठाउन समेत आग्रह गरेका छन् । निजी हस्पिटलहरुमा गएर गरीव जनताको लाखौं सकिने समस्यालाई मध्यनजर गर्दे सरकारी अस्पतालमा दक्ष तथा अनुभवी डक्टरहरुबाट अप्रेसनको सेवाहरु प्रदान हुने माननिय तिमिल्सिनाले बताएका छन् ।
सो कार्यक्रममा नेपाली कांग्रेस प्रदेश महाधिवेशन प्रतिनिधि नेपाल कार्की ,नेपाली कांग्रेसका नगर सभापति मुकेश गिरी,काग्रेंसका नेता नरेश लामिछाने,गणेश चौंलागाई,संचारकर्मी संजय कार्की,चन्द्रपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नवराज देवकोटा,नेपाली कांग्रेस मधेस प्रदेश सदस्य सुर्य बहादुर थापा,नेपाली कांग्रेस महासमिति सदस्य देवराज कार्की,नेपाली कांग्रेस पुर्व जिल्ला सदस्य सुमन गौतम, नेविसंघ रौतहटका नेता अधिकार लामिछाने,चन्द्रपुर उद्योग वाणिज्य संघका महासचिव जनकराज भारती,स्ववियु सभापति संगम श्रेष्ठ,प्रलाद मैनाली लगायतको सहभागिता रहेको थियो ।