पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

५२ किलो गाँजासहित एम्बुलेन्स चालक पक्राउ

२०८० फाल्गुण १२, शनिवार १९:०१ बजे

धनकुटा : धनकुटाको सागुररिगढी गाउँपालिका–६ स्थित भेडेटार चोकबाट करिब ५२ किलोसहित लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मोरङ विराटनगर महानगरपालिका–८ बस्ने ४८ वर्षीय जयदेव चेललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे.१ च २०३२ नम्बरको मुक्तिघाट सेवा समाज हल्दिवारी झापाद्वारा सञ्चालित एम्बुलेन्सलाई जाँच गर्ने क्रममा एम्बुलेन्सको टुलबक्स राख्ने स्थानमा उक्त परिमाणको गाँजा फेला पारेको प्रहरीको भनाइ छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।