पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

देशभरका नदीमा पानीको बहाव सामान्य घटबढ हुने पूर्वानुमान

२०८० आश्विन २, मङ्गलवार १२:२५ बजे

काठमाडौं–देशका अधिकांश ठूला नदीमा आज पानीको बहाव सामान्य घटबढ हुने पूर्वानुमान छ । केही साना नदीमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस दिन ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पाल्पा, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, प्युठान, जाजरकोट र दैलेख आसपास भई बहने केही साना नदीमा बहाव सामान्य बढ्न सक्ने महाशाखाको पूर्वनुमान छ ।
अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह सतर्कता तहभन्दा तलै हुने महाशाखाले अनुमान गरेको छ ।